असार २३, २०८२ सोमबार July 7, 2025

मधेस प्रदेशमा स्थानीय तहको निर्वाचन २०७९ असोजमा गर्न लोसपाको माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः लोकतान्त्रिक समाजवादी पार्टी मधेस प्रदेशका अध्यक्ष जितेन्द्र सोनलले मधेस प्रदेशमा स्थानीय तहको निर्वाचन २०७९ असोज  गर्न माग गर्नुभएको छ ।

सोनलले आज एक प्रेस विज्ञप्ति जारी गर्नुहुँदै २०७४ असोज २ गते मधेस प्रदेशका ८ जिल्लामा स्थानीय तहको निर्वाचन भएको हुँदा यस प्रदेशका जनप्रतिनिधिको अधिकार कुण्ठित नगर्न माग गरिएको छ ।

अध्यक्ष सोनलले संविधानले स्थानीय जनप्रतिनिधिको पदावधि ५ वर्ष हुन्छ भनेको छ ।

मधेस प्रदेशका जनप्रतिनिधिको कार्यकाल ५/६ महिना कटौती गर्ने अधिकार कसैलाई पनि नभएको र निर्वाचन आयोगलाई पनि यो अधिकार नरहेको दाबी गर्नुभयो ।

उहाँले स्थानीय निर्वाचन घोषणाको स्वागत समेत गर्नुभएको छ । सरकारले सोमबार मात्र स्थानीय तहको निर्वाचन ३० वैशाखमा देशभर एकै चरणमा गर्ने निर्णय गरेको छ ।

अघिल्लो पटक तीन चरणमा चुनाव भएको भए पनि स्थानीय तह निर्वाचन ऐन २०७३ अनुसार सबै जनप्रतिनिधिको कार्यकाल ५ जेठ २०७९ मा सकिने निर्वाचन आयोगले बताएको छ ।

२०७४ सालमा स्थानीय तहको निर्वाचन तीन चरणमा गरिएको थियो । तत्कालीन प्रदेश २ का ८ जिल्लामा २०७४ साल असोज २ गते स्थानीय तहको निर्वाचन भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार