असार २३, २०८२ सोमबार July 7, 2025

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक स्थगित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेकपा (माओवादी केन्द्र) को माघ २८ र २९ गते बस्ने भनिएको केन्द्रीय समितिको बैठक स्थगित भएको छ ।

केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले कोभिडका कारण बैठक स्थगित भएको बताउनुभयो । ‘२५ जना भन्दा बढी भेला हुन नपाइने नियम अहिले पनि लागू छ,’ उहाँले भन्नुभयो, ‘सत्तारुढ दल भएकाले सरकारले घोषणा गरेको नियम उल्लङ्घन गरेर बैठक गर्नुभन्दा केही दिन पर्खिने कुरा भयो ।’

महाधिवेशनले केन्द्रीय समिति चयन गरेपनि पदाधिकारी चयन गर्न सकेको थिएन र बैठकले पदाधिकारी चयनलगायत अन्य निर्णय गर्ने जनाइएको थियो ।

आवश्यक तयारी पूरा भए पछि अर्को बैठकको मिति तय गरिने पुष्पकमल दाहालका स्वकीय सचिव रमेश मल्लले बताउनुभयो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार