असार २२, २०८२ आइतबार July 6, 2025

बेलायतमा कोरोनाका विरुद्धमा लगाइएको प्रतिबन्ध हटाइँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः ब्रिटिस प्रधानमन्त्री बोरिस जोनसनले यसअघि तोकिएको समयभन्दा पनि अगावै बेलायतमा कोरोनाका विरुद्धमा लगाइएको प्रतिबन्ध हटाउने बताउनुभएको छ ।

उहाँले बुधवार सो कुराको घोषणा गर्नुभएको हो । बेलायतमा आगामी मार्चको २४ तारिखसम्मका लागि कोरोना भाइरसका विरुद्धका प्रतिबन्धहरू लगाइएको छ ।

तर त्यस अगावै सबै प्रकारका प्रतिबन्धहरूलाई फुकुवा गर्ने तयारी सरकारले थालिसकेको र फुकुवा पनि गरिने घोषणा उहाँले गर्नुभएको बताइएको छ ।

उहाँले अहिले पनि बेलायत सरकारले कुनै पनि कोभिड पोजेटिभ व्यक्तिले पाँच दिन मात्र आइसोलेसनमा बसे हुने खालको नीति घोषणा गरेको बताउनुभयो ।

उहाँले अब बेलायत सरकारले कोभिड लागेका र कोभिडका विरुद्धका प्रतिबन्धहरूमा पनि धेरै परिवर्तन गर्ने तयारी गरेको जानकारी गराउनुभएको हो । रासस/सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया