असार २३, २०८२ सोमबार July 7, 2025

सम्झौता कार्यान्वयन गर्न प्रमुख प्रतिपक्षी दलको माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः कर्णाली प्रदेशमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का प्रमुख सचेतक गुलाबजङ्ग शाहले प्रदेश सरकारले प्रतिपक्षी दलसँगको सम्झौता कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ ।

कर्णाली प्रदेशसभाको नवौँ अधिवेशनको नवौँ बैठकमा प्रमुख सचेतक शाहले एमालेले प्रदेशसभामा उठाउँदै आएका विभिन्न मागका विषयमा यही माघ १८ गते प्रदेश सरकारले प्रतिपक्षीसँग सातबुँदै सम्झौता गरेको बताउनुभयो । कर्णाली प्रदेशसभामा रिक्त पाँच सदस्यको निर्वाचन क्षेत्रमा पूर्वाधार विकास कार्यक्रममा गरेको प्रतिबद्धता प्रदेश सरकारले कार्यान्वयन नगरेको उहाँको आरोप छ ।

प्रदेशसभामा एमालेका प्रदेशसभा सदस्यहरु मीनासिंह रखाल, बद्मीक्वारी बोहोरा र खड्क खत्रीले सात बुँदामा गरेका निर्णय प्रतिपक्षीको आँखामा छारो हाल्ने काम मात्र गरेको आरोप लगाए ।

सम्झौताको बुँदा नं ४ अन्तर्गत पूर्वाधार विकास कार्यक्रमको कार्यविधि प्रदेश सरकारले संशोधन नगरेको तीनै जनाको भनाइ छ । कर्णालीमा हाल दैलेख ‘क’ र ‘ख’, कालीकोट ‘क’, डोल्पा ‘क’ तथा सल्यान ‘ख’ क्षेत्रमा प्रदेशसभा सदस्य पद रिक्त छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार