असार २२, २०८२ आइतबार July 6, 2025

भारतमा एकैदिन ६७ हजार ८४ जना नयाँ सङ्क्रमित थपिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः भारतमा कोरोनाभाइरसका कारण पछिल्लो एक दिनमा थप ६७ हजारभन्दा बढी सङ्क्रमित भएका छन् ।

सरकारी अधिकारीहरूले बिहीबार दिएको जानकारीअनुसार गत २४ घण्टामा ६७ हजार ८४ जना नयाँ सङ्क्रमित भएका हुन् ।

यसैसँगै भारतमा कुल सङ्क्रमितको सङ्ख्या चार करोड २४ लाख ७८ हजार ६० पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले  जनाएको छ । सोही अवधिमा अरू एक हजार २४१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै भारतमा अहिलेसम्म कुल मृतकको सङ्ख्या पाँच लाख ६ हजार ५२० पुगेको छ ।

नयाँ सङ्क्रमितहरूको सङ्ख्या निकै कम हुँदै गएपछि अहिले भारतमा सङ्क्रमित अवस्थामै रहेकाहरूको सङ्ख्या  सात लाख ९० हजार ७८९ पुगेको छ ।

सोही अवधिमा एक लाख ६७ हजार ८८२ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरूको कुल सङ्ख्या चार करोड ११ लाख ८९ हजार ७५१ पुगेको छ ।  रासस/सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया