असार २३, २०८२ सोमबार July 7, 2025

एमसीसी सम्झौता अगाडि बढाउनुपर्ने काँग्रेसको निष्कर्ष

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको आज बसेको बैठकले अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अगाडि बढाउनुपर्ने निष्कर्ष निकालेको छ ।

काँग्रेसको केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले अन्य राजनैतिक दलहरूसँग समेत छलफल गरी एमसीसी परियोजनालाई अगाडि बढाउनुपर्ने निष्कर्ष निकालेको नेपाली काँग्रेसका प्रवक्ता डा.प्रकाश शरण महतले जानकारी दिनुभयो ।

बैठकमा बोल्ने नेताहरूले एमसीसीका बारे आम सर्वसाधारणलाई जानकारी गराउन स्थानीय स्तरमा समेत बहसका कार्यक्रमहरू सञ्चालन गर्नुपर्नेमा जोड दिनुभएको प्रवक्ता डा.महतले जानकारी दिनुभयो ।

केन्द्रीय कार्यसमितिको बैठक भोलि पुनः बस्ने र आगामी स्थानीय तहको निर्वाचन, पदावधी सकिएका भातृ सङ्गठनहरूको अधिवेशन लगायतका विषयमा छलफल हुने काँग्रेसले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार