असार २३, २०८२ सोमबार July 7, 2025

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक अपरान्ह २ बजे बस्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (शुक्रबार) पनि बस्ने भएको छ। समिति गठन भएपछि बिहीबार पहिलोपटक बसेको बैठक आज पनि निरन्तर जारी रहने भएको हो । बैठक दिउँसाे २ बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ।

बैठकमा खासगरी स्थानीय तहको निर्वाचन, एमसीसी, पार्टीका भातृ तथा शुभेच्छुक संस्थाहरुको महाधिवेशन लगायतका विषयमा छलफल गर्ने अजेन्डा रहेको छ।

बैठकमा नेताहरूको बोल्ने क्रम नसकिएकाले आज पुनः बस्न लागेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए। बैठकको पहिलो दिन बोल्ने सदस्यहरुले एससीसी परियोजना, स्थानीय तहको निर्वाचन, भातृ तथा शुभेच्छुक संस्थाको अधिवेशन लगायतका विषयमा आ–आफ्नो धारणा राखेका थिए।

पहिलो दिनको बैठकमा गोपालमान श्रेष्ठ, डा शशांक कोइराला, सुनील थापा, उमा रेग्मी विजयकुमार गच्छदारलगायत १२ जना नेताहरुले आफ्नो धारणा राखेका थिए। ‘नेताहरुको बोल्ने क्रम सकिएको छैन। भोलि पनि केही नेताहरुले आफ्नो धारणा राख्नुहुन्छ,’ प्रवक्ता महतले भने, ‘शुक्रबार नै बैठक सक्ने तयारी छ।’

बैठकमा अधिवेशन बाँकी रहेका १६ जिल्ला र केही क्षेत्रीय समितिको अधिवेशनका विषयमा पनि छलफल भइरहेको छ। ‘अधिवेशन बाँकी रहेका ठाउँमा छिटो भन्दा छिटो अधिवेशन सक्नुपर्ने भन्ने नै छ,’ प्रवक्ता महतले थपे, ‘निर्वाचन समितिले काम गरिरहेको छ। स्थानी यतहको निर्वाचन अघि नै सम्पन्न भए सहज हुन्छ।’ हाल कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति ३७ सदस्ययीय छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार