असार २८, २०८२ शनिबार July 12, 2025

आइएसएल खेल्ने पहिलो नेपाली खेलाडी बने अनन्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल राष्ट्रिय फुटबल टोलीका सेन्ट्रल डिफेन्डर अनन्त तामाङ इन्डियन सुपर लिग (आइएसएल)) क्लब इस्ट बंगानमा आगामी सिजनका लागि अनुबन्ध भएका छन् ।

जारी ए डिभिजन लिग-२०७८  मा थ्री स्टार क्लबबाट खेल्दै गरेका अनन्तले बाँकी आइएसएलका चार खेलमा इस्ट बंगानको प्रतिनिधित्व गर्नेछन् । उनले ललितपुरको थ्री स्टार क्लबबाट फुकुवा पत्रसमेत लिइसकेका छन् ।

जारी आइएसएलमा अनन्त चार खेलमा प्रतिनिधित्व पाउनेछन् । हाल क्लब तालिकाको पुछारमा रहेको छ ।

सम्झौतासँगै उनी अर्को साता भारत जाँदैछन । यद्यपि, क्लब तथा खेलाडी दुबैले आधिकारिक रूपमा अनुबन्ध भएको घोषणा गरेका छैनन् । भारतीय अनलाइन मिडियाले दुईतर्फी सम्झौता भएको बताइएको छ ।

यस सम्झौतासँगै २४ वर्षीय अनन्त आइएसएल खेल्ने पहिलो नेपाली खेलाडी भएका छन् । इस्ट बंगानबाट भने पूर्वअअध्यक्ष गणेश थापाले खेलिसकेका छन् ।

अनन्त नेपाली टिमका नियमित सदस्यसमेत हुन् । एन्फा एकेडेमीका अनन्त विशेषत: सेट पिसका लागि माहिर मानिन्छन् ।

सन् २०१६ को बंगबन्धु गोल्डकप, १२ औं दक्षिण एसियाली खेलकुद (साग),  सोलिडारिटी कप र १३औं साग नेपालले उपाधी हात पार्दा अनन्त टोलीका महत्त्वपूर्ण सदस्य थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८२ असार २७, शुक्रबार
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्नेबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राख्ने
२०८२ असार २७, शुक्रबार
एन्फा यु-१६ लिग : चर्च बोइज युथ क्लबले बोइज युनाइटेडलाई ९-० गोल अन्तरले हरायो
२०८२ असार २७, शुक्रबार
दक्षिण कोरिया, अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबीच सियोलमा भेट
२०८२ असार २७, शुक्रबार
रसुवा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ११ पुगे, ८६२ जनाको उद्धार : अझै १९ जना बेपत्ता
२०८२ असार २७, शुक्रबार
नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य : सभापति देउवा
२०८२ असार २७, शुक्रबार
राजनीति आफ्नो प्राणमै रहेको छ : पशुपति शमशेर जबरा
२०८२ असार २७, शुक्रबार