असार २२, २०८२ आइतबार July 6, 2025

रुसले समुद्री पहुँचमा अवरोध गरेपछि युक्रेनले भन्यो–हामीमाथि मनौवैज्ञानिक दबाब दिन खोजियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः युक्रेनले आफ्नो समुद्री पहुँचमा रुसले अवरोध सृजना गरेको आरोप लगाएको छ । रसियाली नौ सेनाले पनडुब्बी अभ्यास गर्न लागिरहेका बेला युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले सो आरोप लगाएका हुन् । अजोभ सागर पूर्ण रुपमा बन्द गरिएको र ब्ल्याक सागरलाई रसियाली फौजले करिव करिव पूर्णरुपमा बिच्छेद गरेको विदेशमन्त्री कुलेबाले बताए ।

रसियाले छिमेकी मुलुक बेलारुसँग सैन्य अभ्यास गर्दैछ । अर्को साता हुने सैन्य अभ्यासका क्रममा क्षेप्यास्त्र प्रहार र गोलाबारी हुनसक्ने भन्दै रुसले तटीय क्षेत्रमा पूर्वचेतावनीसमेत जारी गरेको छ ।

बेलारुस रुसको निकट छिमेकी हो र उसको युक्रेनसँग लामो सीमा जोडिएको छ । सैन्य अभ्यासलाई फ्रान्सले शितयुद्धपछिकै रसियाको अहिलेसम्मकै ठूलो परिचालन भनेको छ । त्यसले आफूलाई मनोवैज्ञानिक दबाब दिएको युक्रेनले बताउँदै आएको छ ।

शीतयुद्धयता पहिलोपटक रुसले बेलारुसमा ठूलो संख्यामा सेना परिचालन गरेको भन्दै फ्रान्सले चिन्ता व्यक्त गरेको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले दशकौंमा तनावबीच युरोपले सबैभन्दा ठूलो सुरक्षा संकट सामना गरिरहेको बताएका छन् ।

रसियाली सैन्य कारबाहीको बढ्दो धम्कीका कारण दर्शाउदै अमेरिकाले बिहीबार आप्mना नागरिकहरुलाई युक्रेन छोड्न अनुरोध गरेको थियो ।  ‘युक्रेनमा रहेका मानिसहरु व्यावसायिक वा निजी माध्यमद्वारा स्वदेश फर्किनु पर्छ, ’ अमेरिकी विदेश मन्त्रालयले भनेको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया