असार २२, २०८२ आइतबार July 6, 2025

चीन भ्रमण उपलब्धिमूलक भएको पाकिस्तानी प्रधानमन्त्रीको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आफूले हालै गरेको चीन भ्रमण उपलब्धिमूलक रहेको बताउनुभएको छ ।

उहाँले पाकिस्तानी कूटनीतिज्ञहरुसँगको अन्तरक्रियामा आइतबार सो कुरा बताउनुभएको इस्लामावादबाट प्राप्त भएको समाचारमा जनाइएको छ ।

प्रधानमन्त्री खानले यही फेब्रुअरी ३ देखि ६ तारिखसम्म चीनको भ्रमण गर्नुभएको थियो । सो भ्रमणका क्रममा आफूले चीनसँग विभिन्न आर्थिक मुद्दामा कुराकानी गरेको पनि बताउनुभएको थियो ।

प्रधानमन्त्री खानले सो भ्रमणबाट पाकिस्तानमा चिनियाँ लगानीका क्षेत्रमा ढोका खुलेको जानकारी पनि उहाँले त्यस अवसरमा दिनुभएको समाचारमा जनाइएको छ ।

उहाँ बेइजिङ ओलम्पिकको उद्घाटनका क्रममा पनि सहभागी हुनुभएको थियो । त्यस भ्रमणका क्रममा पाकिस्तानी प्रधानमन्त्री खानले चिनियाँ उच्च अधिकारीहरुसँग भेटवार्ता गर्नुभएको थियो । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया