असार २२, २०८२ आइतबार July 6, 2025

किम जोङ इलको जन्म दिनमा फूल नफुलेपछि दुई जना मालीलाई कारबाही

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः उत्तर कोरियाका तत्कालिन तानाशाह किम जोङ इलको जन्म दिनको पूर्वसन्ध्यामा उनको नाममा राखिएको एउटा फूल नफुलेको भन्दै दुई जना मालीलाई सजाय दिइएको छ । किम जोङ इलको नाममा राखिएको रातो फूल किमजोङइला नफक्रिएको भन्दै उनीहरुलाई ६ महिना श्रम शिविरमा पठाइएको हो ।

उत्तर कोरियाले हरेक १६ फेब्रुवरीमा इलको जन्म दिन मनाउँछ । यस दिनलाई उत्तर कोरियामा डे अफ साइनिङ स्टारसमेत भनिन्छ । र, यसलाई देशकै सबैभन्दा ठूलो पर्वको रुपमा प्रचार गरिन्छ ।

परम्परागत रुपमा उत्तर कोरियाली सहरका सडकहरुमा इलको जन्म दिन अगाडि रातो फूलले सजाइन्छ । तर, यो वर्ष किमजोङइला इल फूल हुर्काउन ग्रीनहाउसमा उचित तापक्रम र आद्रता मिलाउन नसकेको मालीमाथि आरोप छ ।

उत्तरी प्रान्त रयाङग्याङको सामसु कन्ट्रीस्थित एउटा फार्मका प्रबन्धक पक्राउ परेका छन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया