असार २४, २०८२ मंगलबार July 8, 2025

संसदीय समितिमा गुणात्मक काम भएको छ : अध्यक्ष तिमिल्सिना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदीय समितिले कानुन निर्माणलगायत जनहितका लागि उत्साह, परिश्रम र मिहिनेतका साथ काम गरिरहेको बताउनुभएकोे छ ।

विधायन व्यवस्थापन समितिको आजको बैठकमा समितिबाट भए गरेका कामको प्रगति र अभ्यासको जानकारी लिएपछि उहाँले राष्ट्रियसभा मातहतका समितिले घनिभूत र गुणात्मक ढङ्गबाट कानुन निर्माण गरिरहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “दलहरुबीच विवादित भएका कतिपय विषय समितिले सहमतिमा टुङ्ग्याउन सफल भएको छ, यस समितिले छलफल गरी टुङ्ग्याएका कतिपय विषय राजनीतिक दलले चालु अधिवेशनमै प्रस्तुत गर्ने वातावरण बनाइदिएमा निकै राम्रो हुन्थ्यो ।” राष्ट्रियसभाले २०७५ सालमै पारित गरेर पठाएका कतिपय विधेयक प्रतिनिधिसभामा अझैसम्म अड्किरहेको घटना सुनाउँदै उहाँले अर्को हाउसले समयमा पास गरेन भने त्यसको दोषी को हुने भनी भनी जिज्ञासा राख्नुभयो ।

विधायन समितिका सभापति परशुराम मेघी गुरुङले चार वर्षको अवधिमा समितिको ६७१ भन्दा बढी बैठक बसेर सहमतिका कैयौँ महत्वपूर्ण विधेयक अघि बढाएकोे जानकारी गराउनुभयो ।

प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण विडारीले सरकार, राजनीतिक दल र कर्मचारीतन्त्रमा रहेको परम्परागत शैलीले कानुन निर्माणमा गुणात्मक परिवर्तन गर्न नसकिएको विचार प्रकट गर्नुभयो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले कानुन निर्माणमा तोकिएबमोजिम भन्नेजस्ता प्रावधान हटाउने समितिको अभियानप्रति आफूहरु पूर्णरुपमा सचेत रहेको जानकारी दिनुभयो ।

अध्यक्ष तिमिल्सिना संसदीय समितिका काम कारबाहीलाई प्रभावकारी तुल्याउन र सदस्यलाई प्रोत्साहन गर्न समितिका बैठकमा सहभागी हुने अभ्यासको थालनी गर्नुभएको हो । विधायन व्यवस्थापन समितिमा ‘सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’माथि छलफल जारी छ ।रास

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार