काठमाडौंः सभामुख अग्निप्रसाद सापकोटाले आज प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गर्नुभएको छ ।
सभामुख सापकोटाले संसद् भवन, नयाँबानेश्वरमा बिहान ११:३० बजे समितिको बैठक आह्वान गर्नुभएको संसद् सचिवालयले जनाएको छ ।
यसैबीच, सचिवालयले सार्वजनिक गरेको प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा एमसीसी सम्झौता अनुमोदनका लागि टेबल गर्ने विषय समावेश भएको छैन । सम्भवतः यसै विषयलाई टुङ्ग्याउन सभामुखले समितिको बैठक डाक्नुभएको हो ।
सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन आव २०७७/७८ पेश गर्ने तथा तीनवटा शोक प्रस्ताव पारित गर्ने कार्यसूचीमा उल्लेख छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया