काठमाण्डौः प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानुनमन्त्री दिलेन्द्र बडुले थारू आयोगको प्रतिवेदन पेस गरेका छन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका बीच मन्त्री बडुले प्रतिवेदन पेस गरेका हुन्। सभामुख अग्निप्रसाद सापकोटाले संसदको अवरोध अन्त्य गरी सभा सञ्चालनमा सहयोग गर्न नेकपा एमालेका सांसदलाई आग्रह गरेका थिए ।
प्रतिनिधिसभाको आजको बैठकको कारबाही सुरु भएलगत्तै एमालेले अवरोध सुरु गरेको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया