असार २२, २०८२ आइतबार July 6, 2025

चीनमा स्थानीय स्तरमै कोभिड संक्रमित भेटिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः चीनमा स्थानीय स्तरका ४० जना कोरोना भाइरसका संक्रमित भेटिएका छन् । यहाँका अधिकारीहरुले सो कुराको जानकारी दिएका हुन् । प्राप्त समाचारअनुसार बिहीबार यहाँका ग्वाङदोन, जान्सु, युनानलगायतका शहरहरुमा ती संत्रमित भेटिएका हुन् । यहाँको नेसनल हेल्थ कमिसनले सो कुराको जानकारी दिएको हो ।

तीमध्ये कतिपय नागरिकहरु बाहिरबाट आएका पनि रहेका छन् । सांघाइमा देशबाहिरबाट आएका केही संक्रमितहरु फेला परेका पनि अधिकारीहरुले जानकारी दिएका छन् ।ती अधिकारीका अनुसार अहिले चीनमा १ हजार ४०० भन्दा केही बढी संक्रमितहरु उपचाररत रहेका छन् । ती अधिकारीहरुका अनुसार तीमध्ये २५ जनाको अवस्था गम्भीर रहेको छ ।

चीनले पछिल्लो समयमा जनस्वास्थ्यका मापदण्डमा निकै कडाइ गर्नुका साथै अन्य सतर्कताका कारण धेरै नागरिकमा यो संक्रमण सर्न पाएको छैन । चीन सरकारले नागरिकहरुलाई कोरोना विरुद्धको खोपलाई पहिलो प्राथमिकता दिएको जनाएको छ । रासस-सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार
कफुचे-कोरी पदमार्गको स्तरोन्नति गरिँदै
२०८२ असार २२, आइतबार
विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई संसदीय समितिको ५ दिने अल्टिमेटम
२०८२ असार २२, आइतबार
पूर्वराष्ट्रपति भण्डारी र बालेनबीच भेटवार्ता
२०८२ असार २२, आइतबार
राष्ट्रपति पौडेलद्वारा राष्ट्रिय तथा सैनिक सङ्ग्रहालयको अवलोकन
२०८२ असार २२, आइतबार
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइनेः प्रधानमन्त्री ओली
२०८२ असार २२, आइतबार
पोखरामा डेङ्गु रोकथामका लागि यस्तो छ तयारी
२०८२ असार २२, आइतबार