श्रावण ५, २०८२ सोमबार July 21, 2025

माओवादी केन्द्र र नेकपा एस एमसीसीप्रति नरम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः अमेरिकी सहयोग परियोजना (एमसीसी) प्रतिनिधि सभा बैठकमा ‘टेबुल’ गर्न सत्तारूढ गठबन्धनमा आबद्ध चार दल सहमत भएका छन् । तर, कांग्रेसबाहेकका अन्य दलले एमसीसी पारित गर्न भने सर्त राखेका छन् ।

यसअघि एमसीसी संसद्मा ‘टेबुल’ गर्न दिन नै तयार नभएका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी शनिबार एकाएक एमसीसीलाई संसद्मा ‘टेबुल’ गर्न दिन तयार भएका हुन् ।

प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले भने एमसीसीका पक्षमा मतदान गर्ने निर्णय नै गरिसकेको छ भने सरकारमा सहभागी अर्को दल जसपा पनि एमसीसीका पक्षमा नै छ । तर, राष्टिय जनमोर्चा भने अहिले पनि एमसीसी खोरेजीकै पक्षमा छ ।

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमसीसी संसद्मा टेबुल गर्ने विषयमा आफ्नो दल तयार रहेको तर संसोधन नगरी पारित गर्ने विषयमा भने सहमत नरहेको बताए ।

‘एमसीसी संसद्मा ‘टेबुल’ गर्न हामी तयार छौं तर संसोधन नगरी यथास्थितिमा पास गर्न सक्दैनौं भनेर हामीले भन्दै आएका छौं, अहिले पनि हाम्रो धारणा यही हो, संसोधन गरेर पास गर्न सकिन्छ,’ माओवादी केन्द्रका नेता श्रेष्ठले भने ।

नेकपा एसका महासचिव बेदुराम भुषालले संसद्मा छलफलको वातावरण बनेको अवस्थामा एमसीसी टेबुल गरेर छलफलमा जान तयार रहेको जानकारी दिए ।

‘संसद्मा छलफलको वातावरण बन्नुप-यो, एमसीसी टेबुल गरेर सार्वभौम संसद्मा छलफल गर्न हामी तयार छौं,’ नेकपा एसका महासचिव भुषालले भने । उनले एमसीसीलाई जस्ताको तस्तै अनुमोदन गर्न भने नसकिने भन्दै एमसीसीका प्रावधानका विषयमा सार्वभौम संसद्मा छलफल हुने जानकारी दिए ।-राजधानी दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया