असार २२, २०८२ आइतबार July 6, 2025

पूर्वी युक्रेनमा युद्धविरामका लागि काम गर्न रुस र फ्रान्स सहमत, पुटिन भेट्न बाइडेन इच्छुक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः रुस र फ्रान्स पूर्वी युक्रेनमा युद्धविरामका लागि काम गर्न सहमत भएका छन् । रुसी राष्ट्रपति भ्लादमिर पुटिन र फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याँक्रोबीचको टेलिफोन वार्तामा यस्तो सहमति भएको हो ।

वार्तामा दुबै नेताहरुबीच पूर्वी युक्रेनमा बिग्रँदै गएको संकटको कूटनीतिक समाधानको खोजीलाई तिव्र गतिमा लैजानुपर्ने आवश्यकताबारे छलफल भएको रुसी प्रशासन केन्द्र क्रेमलिनले जनाएको छ ।

यसैबीच, युक्रेनको तनाव घटनाउन अमेरिकी राष्ट्रपति जोन बाइडेनले रुसी राष्ट्रपति भ्लादमिर पुटिनलाई जुनसुकै बेला भेट्न चाहेको उनका कूटनीतिज्ञहरुले बताएका छन् । रसियाले युक्रेनलाई आक्रमणको अन्तिम तयारी गरेको  भन्दै अमेरिकाले पश्चिमेली देशहरुलाई सावधानी दर्शाउदै आएको छ ।

केही साताअघि रुसले युक्रेनसँगको सीमामा एक लाख सुरक्षाकर्मी तैथान गरेको थियो । सोही समयदेखि नै रुसले युक्रेनमाथि हमला गर्न खोजेको पश्चिमा मुलुकहरुले अनुमान गरेका छन् ।

तर, युक्रेन आक्रमणको कुनै योजना नभएको रुसले बताउँदै आएको छ । यसै साता उसले सीमाबाट आफ्ना केही सेना फिर्ता गरेको जनाएको थियो । अमेरिकालगायत पश्चिमेली देशहरुले यसमा कुनै सत्यता नभएको बताउँदै आएका छन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार
कफुचे-कोरी पदमार्गको स्तरोन्नति गरिँदै
२०८२ असार २२, आइतबार
विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई संसदीय समितिको ५ दिने अल्टिमेटम
२०८२ असार २२, आइतबार
पूर्वराष्ट्रपति भण्डारी र बालेनबीच भेटवार्ता
२०८२ असार २२, आइतबार
राष्ट्रपति पौडेलद्वारा राष्ट्रिय तथा सैनिक सङ्ग्रहालयको अवलोकन
२०८२ असार २२, आइतबार
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइनेः प्रधानमन्त्री ओली
२०८२ असार २२, आइतबार
पोखरामा डेङ्गु रोकथामका लागि यस्तो छ तयारी
२०८२ असार २२, आइतबार