असार २२, २०८२ आइतबार July 6, 2025

बेलारुसमा रुसको सैन्य अभ्यासः युद्धको खतरा झन् बढेको अमेरिकी दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः रुसले बेलारुसमा सैन्य अभ्यास बढाएको भन्दै युक्रेन माथि छिट्टै आक्रमण गर्ने अमेरिकी विदेशमन्त्री एन्टोनी बिङ्केनले दाबी गर्नुभएको छ ।

युक्रेनसँग सीमा जोडिएको मुलुक बेलारुसमा झण्डै ३० हजार रुसी सैनिक तैनाथ गरिएपछि युक्रेनमा सम्भावित युद्धको खतरा झन् बढेको र कुनै पनि बेला आक्रमण हुन सक्ने अमेरिकी दाबी छ ।

रुसले बेलारुसमा सैनिक अभ्यास बढाएपछि पूर्वी युक्रेनमा थप तनाव भएको बताइएको छ । अमेरिकी गुप्तचरहरुले अपुष्ट स्रोतबाट प्राप्त गरेको सूचना अनुसार रुसी कमाण्डरहरुले युद्धको निर्देशन दिइसकेका छन् ।

युक्रेनले भने तत्काल रुसले आक्रमण गर्न सम्भव नभएको जनाएको छ । युक्रेनले आफ्नो सीमा नजिकै कुनै पनि सैन्य गतिविधि नभएको जनाएको छ । रुसले पनि छिमेकी मुलुक युक्रेन माथि कुनै पनि आक्रमणको योजना नरहेको भन्दै अमेरिकी आरोप अस्वीकार गर्दै आएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार
कफुचे-कोरी पदमार्गको स्तरोन्नति गरिँदै
२०८२ असार २२, आइतबार
विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई संसदीय समितिको ५ दिने अल्टिमेटम
२०८२ असार २२, आइतबार
पूर्वराष्ट्रपति भण्डारी र बालेनबीच भेटवार्ता
२०८२ असार २२, आइतबार
राष्ट्रपति पौडेलद्वारा राष्ट्रिय तथा सैनिक सङ्ग्रहालयको अवलोकन
२०८२ असार २२, आइतबार