काठमाण्डौः अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेन (एमसिसी)मा कता उभिने भन्ने विषयमा प्रमुख प्रतिपक्षी दल एमाले अहिलेसम्म मौन बसेको छ। आफू सरकारमा रहँदा एमसीसी सभामुखले रोकेको आरोप लगाएका एमाले अध्यक्ष केपी ओलीले पछिल्लोपटक सदनमा टेबुल भएपछि पार्टीको धारणा सार्वजनक गर्ने भनेका थिए। तर, सदनमा टेबुल भएको दुई दिन बितिसके पनि एमाले अहिले चुपचाप नै छ।
उसले अहिले माओवादी केन्द्रलाई दोहोरो चरित्र खेलेको भन्दै आरोप लगाएर आफू पानीमाथिको ओभानो बन्न थालेको छ। विश्लेषकका अनुसार एकातिर एमालेका ९८ सांसदमध्ये धेरैको एमसिसीमा असहमति देखिन्छ भने अर्कोतिर यही मौकामा गठबन्धन तोड्न सकिन्छ कि भन्ने खेल पनि भएकाले एमाले दोधारे नीतिमा छ।
एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेलगायतले एमाले एमसिसीको पक्षमा उभिन अध्यक्ष ओलीलाई दबाब दिइरहेका छन् भने भीमबहादुर रावल, प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरीलगायत विपक्षमा छन्।
‘पार्टीले ह्विप लगाएमा पक्षमा नै मतदान गर्नुपर्यो, ह्विप लागेन भने हामी मतदान गर्दैनाैँ, कांग्रेस र लोसपा मिलेर पारित भैहाल्छ,’ एक एमाले सांसदले भने। एमाले अध्यक्ष ओलीले यता सबै सांसदको मनसाय बुभिरहेका छन् भने पाँचदलीय गठबन्धन टुटाउने र एमसिसीको पक्षमा मतदान गर्ने आश्वासन प्रधानमन्त्री शेरबहादुर देउवालाई दिइरहेका छन्।नागरिक दैनिकबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया