श्रावण २, २०८२ शुक्रबार July 18, 2025

राष्ट्रपतिसमक्ष विभिन्न देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि कोलम्बिया, क्युवा र कजाखस्थानका गैरआवासीय राजदूतले आआफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित छुट्टाछुट्टै समारोहमा नेपालका लागि कोलम्बियाका राजदूत मारिना पचेको मोन्टे, क्युवाका अलेजन्द्रो सिमानकास मरिन र कजाखस्थानका नुरलान झलगास्बयाभले ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको हो ।

सो अवसरमा परराष्ट्रमन्त्री डा नारायण खड्कालगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया