काठमाडौंः अमेरिकी अनुदान सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता पारित गर्नुपर्ने दबाब शीर्ष नेताहरूमाथि बढेको छ । सरकारमा हुँदा प्रायः सबै शीर्ष नेताले प्रक्रियालाई अगाडि बढाउने पहल र नेतृत्व गरेकाले पनि यस्तो अवस्था आएको हो । सत्तारूढ दल नेपाली काँग्रेस एमसीसी पारित गर्नुपर्छ भन्ने पक्षमा छ ।
त्यस्तै सत्ताका दुुई घटक नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालमाथि पनि पारित गर्न दबाब बढ्दै गएको छ ।
अध्यक्ष प्रचण्ड नेतृत्वको तत्कालीन नेकपा (माओवादी) का वरिष्ठ नेता डा। बाबुराम भट्टराई प्रधानमन्त्री पदमा रहँदा २०६८ मा एमसीसी सम्झौताका अध्याय प्रारम्भ भयो तर अनुमोदनको चरणमा आइपुग्दा प्रचण्ड र डा. भट्टराई अलग–अलग पार्टीको नेतृत्व गरिरहेका छन् । त्यसै कारण दुवै नेतालाई आँफैले अघि बढाएको एमसीसी परियोजना अनुमोदनका लागि नैतिक दबाब छ ।
‘प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी अनुमोदनका लागि गर्नुभएको आग्रह नकार्ने अवस्थामा उहाँहरू हुनुहुन्न किनभने यो विषय सत्ता गठबन्धनसँग पनि गाँसिएको छ,’ डा. भट्टराई बताउछन् । -गोरखापत्र दैनिकबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया