असार २८, २०८२ शनिबार July 12, 2025

ए डिभजिन लिगः सातदोबाटो युथ क्लब विजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः शहीद स्मारक ए डिभिजन लिग फूटबलमा सातदोबाटो यूथ क्लब विजयी भएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीवार भएको खेलमा सातदोबाटोले च्यासल युथ क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो ।

सातदोबाटोको जीतमा मार्टिन्स अजयी नायक बने । उनले खेलको सातौं मिनेटमा गरेको १ गोल नै सातदोबाटोका लागि निर्णायक गोल सावित भयो ।

यस जीतसँगै १३ खेलमा सातदोबोटले २१ अंक जोड्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लेको छ । पराजित च्यासल १३ खेलमा ६ अंक जोडेर अंक तालिकाको अन्तिम स्थानमा छ । च्यासल यसअघि नै रेलिगेसनमा परिसकेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया