असार २२, २०८२ आइतबार July 6, 2025

युक्रेनी राष्ट्रपति भन्छन् : रुस मलाई मार्न चाहन्छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसले उनलाई मार्न चाहेको बताएका छन्।

एक भिडियो सन्देशमा राष्ट्रपति जेलेन्स्कीले भने, ‘उनीहरू (रूस) युक्रेनको टाउकोलाई राजनीतिक रूपमा नष्ट गर्न चाहन्छन्। दुश्मनको पहिलो निशाना म हुँ र दोस्रो नम्बरमा मेरो परिवार छ।’

राष्ट्रपति जेलेन्स्कीले आफू राजधानी किफको सरकारी घरमा बस्दै आएको र उनको परिवार पनि युक्रेनमा रहेको बताए। उनले यसबारे थप जानकारी दिएका छैनन्। जेलेन्स्कीले युक्रेनी अधिकारीहरूलाई शत्रुहरू राजधानी किफमा प्रवेश गरेको चेतावनी दिएका छन्।

रुसले जेलेन्स्कीलाई अमेरिकी समर्थन प्राप्त राष्ट्रपति भन्छ। पुटिनले जेलेन्स्कीले युक्रेनलाई अमेरिकाको उपनिवेश बनाएको समेत बताएका छन्।

सन् २०१४ मा युक्रेनमा रुस समर्थित सरकारको पतन भएदेखि नै पुटिन त्यहाँ गठन हुने सरकारहरूप्रति आक्रोशित छन्। जेलेन्सी नाटोमा सामेल हुन चाहन्छन्, जबकि रूसी राष्ट्रपति पुटिन कुनै पनि परिस्थितिमा यो हुन दिन चाहँदैनन्। पुटिनले नाटोलाई रुसको सुरक्षाका लागि खतराको रूपमा हेर्छन्। -बीबीसी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार
कफुचे-कोरी पदमार्गको स्तरोन्नति गरिँदै
२०८२ असार २२, आइतबार
विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई संसदीय समितिको ५ दिने अल्टिमेटम
२०८२ असार २२, आइतबार