असार २८, २०८२ शनिबार July 12, 2025

सहज जितसंगै बार्सिलोना अन्तिम १६ मा स्थान पक्का

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः इटालीयन नेपोलीलाई दोस्रो लेगमा ४-२ अन्तरले पराजित गर्दै बार्सिलोना युरोपा लिगको नकआउट चरणमा प्रवेश गरेको छ । नेपोलेको घरेलु मैदानमा सहज जित निकालेको क्याटलान क्लब बार्सिलोना समग्रमा ५-३ ले विजयी हुँदै  अन्तिम १६ मा स्थान पक्का गरेको हो । बार्सिलोनामा भएको पहिलो लेग  १–१ गोलको बराबरीमा सकिएको थियो ।

बार्सिलोनाको जितमा जोर्डी अल्वा, फ्रान्की डि जोङ, जेरार्ड पिके र पिएरे इमरिक औवामियाङले गोल गरे । नेपोलीका लोरेन्जो इन्सिग्ने र माथेओ पोलिटानो ले सान्त्वना गोल गरे ।

खेलको आठौं मिनेटमा जोर्डी अल्वाले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए । १३औं मिनेटमा  फ्रान्की डि जोङले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए । २३औं मिनेटमा लोरेन्जो इन्सिग्नेले पेनाल्टीमा गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए ।

४५औं मिनेटमा जेरार्ड पिकेले गोल गरेपछि बार्सिलोना पहिलो हाफमा ३–१ को अग्रता बनायो । ५९औं मिनेटमा पिएरे इमरिक औवामियाङले चौथो गोल गरे । उनको पछिल्लो दुई खेलमा ४ गोल गरिसकेका छन् । ८७औं मिनेटमा माटियो पोलिटानोले गोलपनि टोलीको हार टार्न सकेनन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया