असार २२, २०८२ आइतबार July 6, 2025

जर्मनी र स्वीडेनपछि युरोपेली युनियनले पनि दियो युक्रेनलाई हतियार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः रुसी सेनाकाे वायु तथा स्थल हमलालाई काउन्टर दिन युरोपेली देशहरुले युक्रेनलाई हतियार सहयोग गर्ने भएको छ । किभको अनुरोधमा इयुले लडाकु जेट पठाउने तयारी गरेको ईयुका विदेश नीति प्रमुख जोसेप बोरेलले बताएका छन् ।

‘हामीहरुले लडाकु जेटसमेत प्रदान गर्न लागिरहेका छौं । हामी केबल हतियारको मात्र कुरा गरिरहेका छैनौं । युक्रेनलाई युद्धमा जान आवश्यक अझै बढी महत्वपूर्ण हतियार प्रदान गरिरहेका छौ,’ पत्रकार सम्मेलनमा उनले भने ।

यसअघि युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले आफ्नो देशलाई युक्रेनी सेनाले सञ्चालन गर्न सक्ने खालका लडाकु विमानहरू आवश्यक भएको र केही सदस्य राष्ट्रहरूसँग त्यस्ता विमान भएको बताएका थिए । जर्मनीले युक्रेनलाई मद्दत गर्न १ हजार एन्टि–ट्याङ्क हतियार र भूमिबाट वायुमा मार हान्न प्रयोग हुने स्टिङगर ५ सय थान पठाएको छ ।

त्यस्तै, स्वीडेनले पनि युक्रेनलाई हतियार सहयोग प्रदान गरेको छ । सन् १९३९ मा हिटलर र स्टालिनले फिनल्याण्डमा आक्रमण गरेपछि स्वीडेनले पहिलो पटक युद्ध क्षेत्रमा हतियार पठाएको  हाे ।

राष्ट्रसंघअन्तर्गतको शरणार्थी सम्बन्धी निकायले रुसी हमलामा दशौं हजार विस्थापित भएको जनाएको छ । अधिकांश मानिस पोल्यान्डमा शरण लिइरहेका छन् । त्यसबाहेक हंगेरी, रोमानिया, मोल्डोभा र स्लोभाकियामा आश्रय खोजिरहेका छन्। यसैबीच, क्रिश्चियन धर्मगुरु पोप फ्रान्सिसले युद्धबाट बच्न नागरिकहरूलाई कोरिडोर बनाउन आह्वान गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार