असार २९, २०८२ आइतबार July 13, 2025

खुमबहादुर खडकाको स्मृतिमा भलिवल प्रतियोगिता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः दंगाली नेता खुमबहादुर खडकाको स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस दाङको आयोजनामा दाङमा प्रथम खुमबहादुर खड्का स्मृति पुरुष भलिवल प्रतियोगिता –२०७८ सुरु भएको छ ।

प्रतियोगिताको नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दीपक गिरीले उद्घाटन गरेका हुन । जिल्लाको घोराहीस्थित सहिद मञ्चमा आयोजित प्रथम खुमबहादुर खड्का स्मृति पुरुष भलिबल प्रतियोगिता उद्घाटन गर्दै गिरीले कांग्रेस नेता खुमबहादुर खड्काको सम्झनालाई चीरस्थायी बनाउन यस्ता खेलकुद कार्यक्रमले सहयोगी हुने बताए । कांग्रेसको राजनीतिक इतिहासमा नेता खुमबहादुरको योगदानलाई खेलकुद माध्यमबाट सदैव जीवन्त बनाइराख्नु पर्ने बताए । उनले खेलले शरीरलाई स्वस्थ, फुर्तिलो र निरोगी बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए ।

कार्यक्रममा केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरेले खेलकुद स्वास्थ्यका लागि अत्यन्त फाईदाजनक रहेको र खेललाई कांग्रेसले उच्च प्राथमिकता दिने सन्देश प्रतियोगिताले दिएको बताए । लुम्बिनी प्रदेशका ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री अर्जुनकुमार श्रेष्ठले खेलले व्यक्तिको शारीरिक मात्र नभइ राष्ट्रको पहिचान पनि गराउन बताए । मन्त्री श्रेष्ठले भने, ‘स्वर्गीय नेता खड्काका स्मृतिमा गरिएको भलिवल प्रतियोगिता कार्यक्रमले उनप्रति थोरै भए पनि न्याय गर्न सकेको महसुस भएको छ ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेशका उप सभापति राजु खनालले खेलले सबैलाई जोड्ने भन्दै कांग्रेसलाई एकताबद्ध बनाई राख्न र युबा पङ्क्तिलाई गोलबद्ध गराउन पार्टीले राख्ने यस्ता कार्यक्रमले महत्वपुर्ण भूमिका रहने चर्चा गरे ।

प्रतियोगितामा दाङका दशवटै पालिकाहरुको सहभागिता रहेको छ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री खुमबहादुर खड्काको स्मृतिमा फागुन १६ गतेदेखि २२ गतेसम्म भलिवल प्रतियोगिता सन्चालन हुनेछ ।

खुमबहादुर खड्का स्मृति खेलकुद समितिका संयोजक तथा जिल्ला सहसचिव राजु आचार्यले सर्वाधिक राशीको भलिबल प्रतियोगिता जिल्लामै पहिलो पटक हुन थालेको बताए । उनले खेल उत्साह पूर्वक तवरले सञ्चालन भइरहेको बताए । जिल्लामा सवैभन्दा ठूलो धन राशीको प्रतियोगिताको बिजेता टिमले नगद २ लाख रुपैया र उपबिजेता हुने टिमले नगद १ लाख रुपैयासहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगितामा उत्कृष्ठ खेल प्रदर्शन गर्ने एक जना खेलाडीलाई नगद पाँच हजार एक सय रुपैया पुरस्कार प्रदान गरिने छ ।

लिककम नकआउटको आधारमा खेलाइने खेलमा प्रत्येक टिमले दुई जना जिल्ला बाहिरका खेलाडीहरुलाई सहभागी गराउन पाउने व्यवस्था गरिएको खुमबहादुर खड्का स्मृति खेलकुद समितिका संयोजक आचार्यले बताए । प्रतियोगिताले खेलाडीहरुको हौसल्ला बढाउनेदेखि गाउँस्तरमा रहेका खेलाडीहरुको प्रतिभा पहिचानका लागि समेत सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।

काग्रेस दाङ जिल्लाका सभापति शंकरप्रसाद डाँगीको सभापतित्वमा भएको कार्यक्रममा क्षेत्र नं. २ का क्षेत्रीय सभापति भीमप्रकाश खड्का, दाङ जिल्ला पूर्व पार्टी सभाति वीरकेशरी गौतम, महाधिवेशन प्रतिनिधि सावित्रा राणा लगायत शुभकामना मन्तव्य राखेका थिए ।

जिल्ला उपसभापति कमानसिं भारतीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा उपसभापति गिरिराज सुवेदीले धन्यवाद ज्ञापन गरेका थिए । सचिव अर्जुन योगी र बालिका लम्सालले कार्यक्रमको सहजीकरण गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दुई वटा संसदीय समितिको बैठक बस्दै
२०८२ असार २९, आइतबार
आजको मुद्रा : डलर १३७.५९ रुपैयाँ, युरो १६०.८२ रुपैयाँ, पाउण्ड १८६.०१ रुपैयाँमा कारोबार
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलबाट आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको शुभकामना
२०८२ असार २९, आइतबार
आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती विविध कार्यक्रम गरी मनाँईदै
२०८२ असार २९, आइतबार
एकपटक मात्रै पनि ‘चेक बाउन्स’ भए अब सिधैं कालोसूचीमा
२०८२ असार २९, आइतबार
प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्घाटन
२०८२ असार २८, शनिबार