श्रावण ५, २०८२ सोमबार July 21, 2025

स्वयम्भू क्षेत्रलाई यथास्थितिमै राखेर चक्रपथ विस्तार हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः चक्रपथ विस्तारको दोस्रो चरणअन्तर्गत स्वयम्भू क्षेत्रलाई यथास्थितिमै राखेर सडक विस्तार हुने भएको छ। स्वयम्भूको सडक छेउमा रहेको बुद्धको मूर्ति तथा अन्य चैत्यहरूलाई हटाएर सडक विस्तार गर्न उपयुक्त नहुने ठहर गर्दै सो क्षेत्रको सडकमा केही परिवर्तन नहुने भएको हो।

स्वयम्भू र सानो भर्‍याङमा समेत साइट क्लियर हुन बाँकी छ । स्वयम्भूमा भने बाटो खुम्च्याएर डिजाइन परिवर्तन गरी निर्माण अगाडि बढाउने गरी काम भइरहेको आयोजना प्रमुख मेघराज मरासिनीले बताए । त्यसैगरी सानो भर्‍याङमा रहेको विद्युतको हाइटेन्सन लाइन विद्युत प्राधिकरणले हटाउने भएपछि एक महिनापछि चिनियाँ पक्षले निर्माण थाल्ने मरासिनीले जानकारी दिए ।

उनले भने, ‘कलंकीदेखि वसुन्धारासम्मको क्षेत्रमा साइट क्लियरेन्स ९८ प्रतिशत पूरा भइसकेको छ । अब विस्तारको काम सुरु हुन्छ।’ कलंकी स्युचाटारको पुलदेखि वसुन्धारासम्म ८.२ किलोमिटर सडक विस्तार गर्ने गरी सम्झौता भएको थियो । तर नेपालले चीनसँग गरेको आग्रहमा कलंकीदेखि चाबहिलसम्म २२.४६ किलोमिटर विस्तार गर्न चीन सकारात्मक भएको छ। कारोबार दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया