असार २९, २०८२ आइतबार July 13, 2025

बाँसबारीविरुद्ध सरस्वतीको पुनरागमन जित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः बाँसबारी क्लबविरुद्ध एक गोलले पछि परेको स्थितिमा पुनरागमन गर्दै सरस्वती युथ क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा विजयी सुरुआत गरेको छ । बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको दोस्रो खेलमा सरस्वतीले ३–१ अन्तरले जित निकाल्यो ।

पहिलो खेलमै जित निकाल्ने क्रममा सरस्वतीका लागि विक्रम बिसुन्के, सृजन लामा र भुपेन्द्र शाहीले समान एक एक गोल गरे । बाँसवारीका विक्की राईले सान्त्वना गोल फर्काए ।

खेलको छैटौँ मिनेटमा विक्कीले बाँसवारीलाई अग्रता दिलाए । २१औँ मिनेटमा बिक्रमले गोल गर्दा अघिल्लो सिजन-०७६ मा ए डिभिजनबाट घटुवा भएको सरस्वतीले बराबरी गोल गर्याे ।

८७औँ मिनेटमा शृजन र ९० मिनेटपछिको ईन्जुरी समयमा भुपेन्द्र शाहीको गोलसँगै सरस्वतीले पहिलो खेलमै तीन अंक जोड्न सफल भयो ।

आजनै भएको पहिलो खेलमा भगवती क्लबले झम्सिखेल युथ क्लबलाई समान अन्तरले पराजित गर्याे । आजै हुने अन्तिम खेलमा विरगंज युनाईटेड र ब्वाईज युनियन क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

१४ क्लब सहभागी लिगको शीर्ष दुई टोली ए डिभिजन लिगमा बढुवा हुने छन् भने पुछारका दुई टोली सी डिभिजन लिगमा घटुवा हुने छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्री ओलीद्वारा भानु जयन्तीको शुभकामना, ‘नेपाली मनमा रामायण रोप्ने आदिकवि प्रति नमन’
२०८२ असार २९, आइतबार
चुँदी रम्घालाई सप्तधामका रूपमा विकसित गरिँदै
२०८२ असार २९, आइतबार
आजको मौसम : कर्णालीबाहेक अन्य प्रदेशमा भारी बर्षा हुने
२०८२ असार २९, आइतबार
झोलुङ्गे पुल निर्माण गरेपछि यात्राअवधि छोटियो
२०८२ असार २९, आइतबार
आज आइतबार, सुर्य भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् तपाँइको राशिफल
२०८२ असार २९, आइतबार
दुई वटा संसदीय समितिको बैठक बस्दै
२०८२ असार २९, आइतबार
आजको मुद्रा : डलर १३७.५९ रुपैयाँ, युरो १६०.८२ रुपैयाँ, पाउण्ड १८६.०१ रुपैयाँमा कारोबार
२०८२ असार २९, आइतबार