असार २९, २०८२ आइतबार July 13, 2025

धनगढीको मार्कीमा पुनः विशाल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः दोस्रो संस्करणको फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) का लागि धनगढी फुटबल क्लबले राष्ट्रिय टोलीका मिडफिल्डर विशाल राईलाई मार्की खेलाडीमा पुनः  घोषणा गरेका छ ।

धनगढीले बुधबार सामाजिक सञ्जालमार्फत विशाललाई मार्की खेलाडीमा सार्वजनिक गरेको हो । गत सिजन क्लब उपविजेता बन्दा विशाल नै मार्की खेलाडी थिए ।

यसअघि एनएसएलका लागि झापा एफसीले राष्ट्रिय टोलीका स्ट्राइकर अञ्जन विष्ट र ललितपुर सिटी एफसीले विमल घर्तीमगरलाई मार्की खेलाडीको रुपमा सार्वजनिक गरिसकेको छ ।

प्रतियोगिताको आयोजक नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्टले यस सिजन तीन क्लब थपेको छ । यसअघि पहिलो सिजन सात टोली थिए भने यस सिजन १० क्लबको सहभागिता रहनेछ ।

आयोजकले प्रतियोगिताको दोस्रो संस्करणमा स्पोर्टिङ इलामा मेची, झापा एफसी र विरगंज युनाइटेड गरी तीन टोली थपेको छ । गत बैशाखमा सम्पन्न प्रतियोगिताको पहिलो संस्करणमा काठमाडौं रेजर्स, विराटनगर सिटी एफसी, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी एफसी र धनगढी एफसी गरी सात टोलीको सहभागिता थियो ।

प्रतियोगिताको पहिलो संस्करण काठमाडौं रेजर्सले जितेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्री ओलीद्वारा भानु जयन्तीको शुभकामना, ‘नेपाली मनमा रामायण रोप्ने आदिकवि प्रति नमन’
२०८२ असार २९, आइतबार
चुँदी रम्घालाई सप्तधामका रूपमा विकसित गरिँदै
२०८२ असार २९, आइतबार
आजको मौसम : कर्णालीबाहेक अन्य प्रदेशमा भारी बर्षा हुने
२०८२ असार २९, आइतबार
झोलुङ्गे पुल निर्माण गरेपछि यात्राअवधि छोटियो
२०८२ असार २९, आइतबार
आज आइतबार, सुर्य भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् तपाँइको राशिफल
२०८२ असार २९, आइतबार
दुई वटा संसदीय समितिको बैठक बस्दै
२०८२ असार २९, आइतबार
आजको मुद्रा : डलर १३७.५९ रुपैयाँ, युरो १६०.८२ रुपैयाँ, पाउण्ड १८६.०१ रुपैयाँमा कारोबार
२०८२ असार २९, आइतबार