असार २२, २०८२ आइतबार July 6, 2025

कोभिडका कारण डिप्रेसनका बिरामी २५ प्रतिशतले बढेः डब्लूएचओ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले विश्वव्यापी रुपमा चिन्ता र डिप्रेसनका घटना (केस) बृद्धि भएको जनाएको छ । डिप्रेसन र चिन्ताका घटनामा २५ दशमलब ६ प्रतिशतले बृद्धि भएको संगठनले जनाएको हो  ।

कोभिडले मानिसको मानसिक स्वास्थ्यमा गम्भीर असर गरेकोले यस्ता घटना विश्वव्यापी रुपमा बृद्धि भएको डब्लूएचओको भनाई छ ।
साथै, सन् २०२० मा प्रमुख डिप्रेसिभ डिसअर्डरका केसहरुमा २७ दशमलब ६ प्रतिशतले बृद्धि भएको थियो ।

डब्लूएचओका स्वास्थ्य तथा पदार्थ प्रयोग विभागका ब्रान्डन गे्रले भनेका छन्, ‘आकारका हिसाबले यो निकै ठूलो बृद्धि हो ।’ मानिसको मानसिक स्वास्थ्य र खुसीले कोभिडको १९ को ठूलो प्रभाव रहेको ब्रिफिङले देखाएको उनले बताए ।

उच्च दैनिक संक्रमण दरको सन्दर्भमा कोभिडले ठूलो असर गरेको स्थानमा बृहत बृद्धि देखिएको थियो ।  पुरुषभन्दा महिला र किशोरीहरु कोभिडबाट प्रभावित भएका थिए ।

महामारीको समयमा महिलाहरु सबैभन्दा बढी प्रभावित भएको अक्टोबरको सुरुमा सार्वजनिक भएको एउटा प्रतिवेदनमा दर्शाइएको थियो ।
कोभिड महामारीको प्रारम्भिक वर्षमा मात्र डिप्रेसन र चिन्ताका बिरामीहरुको संख्या एक चौथााइले बढेको ल्यान्सेटको एउटा अध्ययनले देखाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार