काठमाण्डौंः नेपाली कांग्रेस बाँके जिल्लाको नयाँ नेतृत्वका लागि नेपालगञ्जमा मतदान सुरु भएको छ ।
नयाँ नेतृत्व चुन्न बिहान ९ः१५ बजेदेखि जिल्ला समन्वय समितिमा मतदान सुरु भएको सहायक निर्वाचन अधिकृत चित्रबहादुर शाहीले जानकारी दिनुभयो उहाँका अनुसार निर्वाचनमा एक हजार ४९३ मतदाता छन् । सभापति, दुई उपसभापति, दुई सचिव तथा दुई सहसचिव र कार्यसमिति सदस्य चुन्न आज मतदान भइरहेको छ । अपराह्न ४ बजेसम्म मतदान चल्नेछ ।
सभापतिमा तीन, उपसभापति, सचिव र सहसचिवमा चार÷चार उम्मेदवार प्रतिस्पर्धामा छन् । सभापतिका लागि नारायणप्रसाद गौडेल, सुरेन्द्रबहादुर हमाल र बादशाह कुर्मी प्रतिस्पर्धामा रहनुभएको छ ।
पार्टीको विधानअनुसार सभापतिमा निर्वाचित हुनेले ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्ने छ भने अन्य पदमा बढी मत ल्याउने निर्वाचित हुनेछन् । मतदानलगत्तै मतगणना सुरु हुने सहायक निर्वाचन अधिकृत शाहीले बताउनुभयो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया