असार २२, २०८२ आइतबार July 6, 2025

भारतमा छ हजार पाँच सयभन्दा बढी कोरोना सङ्क्रमित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः भारतमा पछिल्लो २४ घण्टामा ६ हजार ५६१ जना कोरोनाका नयाँ सङ्क्रमित भएका छन् । यसैसँगै भारतमा कोरोना सङ्क्रमितको कूल संख्या चार करोड २९ लाख ४५ हजार भन्दा बढी पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार जानकारी दिएको छ ।

सोही अवधिमा कोरोना सङ्क्रमणको कारण १४२ जनाको मृत्यु भएको अधिकारीले जनाएका छन् । कोरोना शुरुभएबाट हालसम्म भारतमा कोरोनाबाट पाँच लाख १४ हजार ३८८ को मृत्यु भएको जनाइएको छ ।

भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या ७२ हजार १५२ रहेको सङ्घीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संख्या कूल सङ्क्रमितको ०.१८ प्रतिशत रहेको समाचारमा जनाइएको छ । भारतमा गत २४ घण्टामा १४ हजार ९४७ कोरोना भाइरस सङ्क्रमण मुक्त भएका छन् ।

भारतमा कोरोना शुरु भएबाट हालसम्म चार करोड २३ लाख ५३ हजार ६२० कोरोना मुक्त भएका समाचारमा जनाइएको छ । कोरोना निको भएको यो दर ९८.६२ प्रतिशत रहेको समाचारमा जनाइएको छ ।

भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोनाविरुद्धको खोप अभियान शुरु भएको थियो । सो समयबाट हालसम्म भारतमा एक अर्ब ७८ करोड भन्दा बढी कोरोनाविरुद्ध खोपको डोज लगाइएको समाचारमा जनाइएको छ । रासस-सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार