काठमाण्डौंः ए डिभिजन क्लब न्युरोड टिम (एन आर टी) धनगढीमा जारी सर्वाधिक धनराशिको पाँचौँ मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ ।
धनगढी रङ्गशालामा शुक्रवार बागमती यूथ क्लबसँग पेनाल्टी सुट आउटमा ४–३ गोल अन्तरले पराजित भएपछि एन आर टी बाहिरिएको हो ।
प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित समय २–२ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुट आउटमा गएको थियो । पेनाल्टीमा बागमतीका अमूल श्रेष्ठ, विजय घलान, हिमाल घलान र अनिल राना मगरले गोल गरे । तर सुमन राई पेनाल्टीमा चुके ।
एन आर टी का शिव गुरुङ, दीपेश घले र मेसुके ओलोमोउले गोल गरे । तर, आन्द्रे थिएरी र सञ्जीव विष्टले पेनाल्टीमा गोल गर्न सकेनन् । पेनाल्टी अघि एन आर टी ले दुई गोलको अग्रता जोगाउन सकेन । जसको कारण एन आर टी पहिलो खेलबाटै बाहिरिन बाध्य भयो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया