असार २२, २०८२ आइतबार July 6, 2025

चीनका लागि जर्मनीबाट निर्यात जनवरीमा १३.७ प्रतिशतले वृद्धि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः जर्मनीको चीन तर्फको निर्यात १३.७ प्रतिशतले बढेर जनवरीमा ९.७ अर्ब अमेरिकी डलर पुगेको संघीय तथ्याङ्क कार्यालयले शुक्रबार प्रकाशित एक तथ्याङ्कले देखाएको छ ।

तथ्याङ्क कार्यालयका अनुसार जनवरीमा १३.१ बिलियन यूरो मूल्यका आयातित सामानहरू सहित चीन जर्मनीको सबैभन्दा ठूलो विदेशी व्यापार साझेदार बनेको छ । यससँगै जर्मनीबाट चीनका लागि भएको निर्यात १३.७ प्रतिशतले वृद्धि भएको हो ।

कार्यालयका अनुसार जर्मनीको कुल निर्यात २.८ प्रतिशतले घटेर जनवरीमा ११६.९ अर्ब यूरो पुगेको छ भने आयात अघिल्लो महिनाको तुलनामा ४.२ प्रतिशतले घटेर १०७.५ अर्ब युरो बराबर कायम भएको छ ।

जर्मन निर्यातका लागि संयुक्त राज्य अमेरिका सबैभन्दा ठूलो ग्राहक बजार बनेको छ । जनवरीमा १०.९ अर्ब यूरो मूल्यका सामानहरू अमेरिका पैठारी गरिएको थियो । यो गत महिनाको तुलनामा तीन प्रतिशतले वृद्धि हो ।

युक्रेन द्वन्द्वका कारण अहिलेसम्म नरोकिएको रुसमा जर्मन निर्यात सन् २०२१ को डिसेम्बरदेखि १४.४ प्रतिशतले बढेर २.६ अर्ब युरो बराबर पुगेको छ ।

युरोपियन युनियन (इयु) बाट अन्य मुलुकले जनवरीमा ६१.४ अर्ब मूल्य बराबरको जर्मन सामान आयात गरेका थिए । यो अघिल्लो महिनाको तुलनामा ९.६ प्रतिशतले बढी हो । रासस/सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार