असार २९, २०८२ आइतबार July 13, 2025

पोखरामा चैत पहिलो साता सृजना कप विद्यालय भलिवल प्रतियोगिता हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पोखरामा चैतको पहिलो साता सृजना कप सामुदायीक मावि छात्र/छात्रा भलिबल प्रतियोगिता हुने भएको छ । सृजना विकास केन्द्र र कास्की जिल्ला भलिबल संघको संयुक्त आयोजनामा चौथो संस्करणको प्रतियोगिता ४ देखि ७ चैतसम्म सन्चालन हुनेछ ।

प्रतियोगितामा कास्की जिल्लाका सामुदायिक विद्यालयहरु सहभागी हुन पाउनेछन् । कक्षा ९ देखि १२ सम्मका विद्यार्थी सहभागी टोली बनाएर प्रतियोगितामा प्रतिश्पर्धा गर्न मिल्ने कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुलीले जानकारी दिए ।

सामुदायिक विद्यालयका विद्यार्थीलाई भलिबल खेलमा पुनर्जागरण ल्याउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको उनको भनाइ छ । प्रतियोगितामा ५० टिमले सहभागिता जनाउने अनुमान छ ।

प्रतियोगिताको उपाधि बिजेता छात्र-छात्रा दुबै टीमले एक/एक लाख, उपबिजेतालाई ५०/५० हजार र तेश्रो हुनेले ३०/३० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट सेटर, उत्कृष्ट सर्भर र उत्कृष्ट ब्लकरलाई समेत पुरस्कारको ब्यवस्था गरिएको सृजना विकास केन्द्रका अध्यक्ष ईन्द्रप्रसाद पौडेलले जानकारी दिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आज आइतबार, सुर्य भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् तपाँइको राशिफल
२०८२ असार २९, आइतबार
दुई वटा संसदीय समितिको बैठक बस्दै
२०८२ असार २९, आइतबार
आजको मुद्रा : डलर १३७.५९ रुपैयाँ, युरो १६०.८२ रुपैयाँ, पाउण्ड १८६.०१ रुपैयाँमा कारोबार
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलबाट आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको शुभकामना
२०८२ असार २९, आइतबार
आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती विविध कार्यक्रम गरी मनाँईदै
२०८२ असार २९, आइतबार
एकपटक मात्रै पनि ‘चेक बाउन्स’ भए अब सिधैं कालोसूचीमा
२०८२ असार २९, आइतबार