असार २२, २०८२ आइतबार July 6, 2025

रूसी सेनाद्वारा कीभ, मारिउपोल, खार्किभ, सुमीमा युद्धविरामको घोषणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः रूसी सशस्त्र सेनाले युक्रेनको राजधानी कीभ, मारिउपोल, खार्किभ, सुमी शहरहरू छोड्नका लागि बिहान १०:०० बजे (०७०० GMT) देखि युद्धविराम घोषणा गरेको छ। सो कुरा विभिन्न सञ्चार माध्यमले सोमबार युक्रेनमा मानवीय प्रतिक्रियाका लागि अन्तरविभागीय समन्वय मुख्यालयलाई उद्धृत गर्दै उल्लेख गरेका छन् ।

“विपत्तिजनक मानवीय अवस्था र कीभ, खार्किभ, सुमी र मारिउपोल शहरहरूमा यसको तीव्र उग्रतालाई ध्यानमा राख्दै, साथै फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले गर्नुभएको व्यक्तिगत अनुरोधमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले रूसी सशस्त्र सेनालाई मानवीय उद्देश्यका लागि युद्धविराम घोषणा गर्न निर्देशन दिनुभएको हो।

यसै बीच संयुक्त राष्ट्र संघ, ओएससीई, आईसीआरसी र अन्य अन्तरराष्ट्रिय संस्थाका सान्दर्भिक संरचनाहरूलाई सञ्चारमाध्यम लगायत सबै उपलब्ध सूचना स्रोतहरूमार्फत जानकारी गराइएको छ।

“हामी माग गर्दछौं कि युक्रेनी पक्षले उल्लिखित दिशाहरूमा मानवीय कोरिडोरहरू सिर्जना गर्नका लागि सबै शर्तहरू कडाइका साथ पूरा गर्न र नागरिक र विदेशी नागरिकहरूको संगठित दस्ता फिर्ता सुनिश्चित गर्नुपर्दछ,” स्पुतनिकले जनाएको छ। रासस/एएनआई

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार