असार २२, २०८२ आइतबार July 6, 2025

उत्तर कोरियाले अन्तरिक्षमा थप जासुसी उपग्रह प्रक्षेपण गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरियका शीर्ष नेता किम जोङ उनले आफ्नो देशले अन्तरिक्षमा धेरै सैन्य जासूसी उपग्रह प्रक्षेपण गर्ने बताउनु भएको, आधिकारिक कोरियाली केन्द्रीय समाचार एजेन्सीले बिहीबार उल्लेख गरेको छ ।

नेसनल एरोस्पेस डेभलपमेन्ट एडमिनिस्ट्रेशन (नाडा) को हालैको निरीक्षणको क्रममा किमले उक्त टिप्पणी गर्नुभएको हो। फेब्रुअरी २७ र मार्च ५ गते दुईवटा भूउपग्रह परीक्षण गर्ने नाडाले सार्वजनिक गरेको प्रमुख परीक्षणको नतिजाप्रति शीर्ष नेताले सन्तुष्टि व्यक्त गर्नुभएको छ।

भूउपग्रहको विकासलाई सार्वभौमसत्ता र राष्ट्रिय हितको रक्षाका लागि महत्त्वपूर्ण काम भएको उहाँले बताउनु भएको छ । किमका अनुसार सैन्य उपग्रहहरू विकास र सञ्चालन गर्नुको उद्देश्य देशको सशस्त्र बलहरूलाई यसको विरुद्ध सैन्य कारबाहीहरूको वास्तविक-समय जानकारी प्रदान गर्नु हो।

पार्टी केन्द्रीय समितिले पञ्चवर्षीय योजना (२०२१-२०२५) को अवधिमा धेरै सैन्य उपग्रहहरूलाई सूर्य-सिंक्रोनस ध्रुवीय कक्षमा विविध रूपमा राख्ने राष्ट्रिय एयरोस्पेस विकास प्रशासनको निर्णय समावेश छ ।-रासस/एएनआई/सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार