काठमाण्डौः यमनमा गएको २४ घन्टा यतामात्र यहाँका हुथी विद्रोहीहरुले जारी राखेको हिंसामा परी कम्तीमा पनि छ जना बालबालिकाको ज्यान गएको छ ।
यहाँको सुरक्षा निकायले चिनियाँ समाचार समिति सिन्ह्वालाई दिएको जानकारीमा हुथीहरुले देशका विभिन्न भागमा गरेका हिंसात्मक आक्रमणहरुमा गएको २४ घन्टामा नै कैयौँ नागरिकको ज्यान गएको र ती आक्रमणमा परेर कम्तीमा पनि छ जना बालबालिका मारिएका बताएको छ ।
ती सुरक्षा निकायले पछिल्ला केही हप्तायता हुथीहरुले हिंसात्मक गतिविधिलाई बढावा दिएका पनि बताएका छन् । यहाँका दक्षिणी क्षेत्रमा पर्ने ताइज र साना प्रान्तमा ती बालबालिका मारिएका र सो क्षेत्रमा हुथीहरुले आन्धाधुन्ध सर्वसाधारण माथि नै हमला गरेका बताइएको छ ।रासस-सिन्ह्वा
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया