असार २१, २०८२ शनिबार July 5, 2025

हातले गोल हान्ने एमबाप्पेको सपना अधुरो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । बुधबार राति पीएसजी र स्टेड रेम्स क्लबबीच फ्रेन्च लिग कपको सेमिफाइनलमा प्रतिस्पर्धा भएको थियो।

उक्त खेल पीएसजीले ३–० ले जित्यो। खेलमा स्टार एमबाप्पेले पीएसजीका तर्फबाट गोल गर्न सकेनन्।

यद्यपी उनले गोल गर्ने प्रयासहरु भने गरे। खेल भइरहँदा एउटा यस्तो रोचक दृश्य देखियो जहाँ एमबाप्पेले हातले गोल गर्ने प्रयास गर्न खोज्छन्।

हातले बललाई हानेर एमबाप्पे गोल गर्न पनि सफल हुन्छन्। तर त्यो गोल अवैध भएकाले उनले पहेलो कार्ड पाउँछन्।

यतिबेला एमबाप्पेको यस गोल सामाजिक सन्जालमा निकै चर्चाको विषय बनेको छ। डिएगो म्याराडोनाले कुनै समय विश्वकप फाइनलमा वेलायतविरुद्ध हातले गोल हानेर विश्वकप जिताए।

उक्त गोललाई ‘ह्यान्ड अफ गड’ भनेर विश्वभरका फुटबल समर्थक सम्झन्छन्। एमबाप्पेको ह्यान्ड गोललाई भने नक्कली ह्यान्ड अफ गड भनेर हाँसोको विषय बनाइएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया