असार २२, २०८२ आइतबार July 6, 2025

१२ सय रुसी र १३ सय युक्रेनी सेना मारिए, पोल्यान्डनजिक मिसाइल प्रहार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः युक्रेनविरुद्ध हमला गरेको रुसी सेनाले विभिन्न सहरमा बिस्फोट र मिसाइल प्रहार गरेको विवरणहरु सार्वजनिक भएको छ । रुसी सेनाले पोल्यान्डको सीमानजिक रहेको याभोरिभ सहरमा ८ वटा मिसाइल प्रहार गरेको युक्रेनले जनाएको छ ।

त्यस्तै पश्चिमी सहर इभानो फ्र्यांकिभ्स्कनजिक बिस्फोट भएको छ । सहरको एउटा विमानस्थललाई निशाना गरेर मिसाइल प्रहार गरेकोे प्राप्त विवरणहरुमा जनाइएको छ । ‘प्रारम्भिक सूचनामा विमानस्थललाई लक्षित गरी हमला गरिएको देखिन्छ,’ सो सहरका मेयर रुसलान मार्टसिनकिभले फेसबुक पोस्टमा लेखेका छन् ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी हमलामा अहिलेसम्म १३ सय युक्रेनी र १२ सय रुसी सेना मारिएको दाबी गरेका छन् ।

यसैबीच, मोल्दोभाका प्रधानमन्त्री नातालिअ गाभरिलिटाले युक्रेनी शरणार्थीको प्रवाहको सामना गर्न देशमा सहयोगको आवश्यकता परेको बताएका छन् । युरोपकै सबैभन्दा बिकासन्मुख देश मोल्दोभाले करिव एक लाख युक्रेनीलाई शरण दिइरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार