असार २४, २०८२ मंगलबार July 8, 2025

पत्रकारदेखि चिकित्सकसम्मका लागि जागिर खुल्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । पत्रकारितादेखि चिकित्सा विज्ञानसम्मका विषय अध्ययन गरेकाहरूका लागि सरकारले विभिन्न पदमा जागिरको अवसर दिएको छ । सरकारका निकायहरूले शुक्रबार खुला विज्ञापन आह्वान गर्दै स्थायी सेवाका लागि विज्ञापन आह्वान गरेका हुन् ।

नेपाल टेलिभिजनले ९७ जना जनशक्ति माग गरेको छ । सरकारी लगानीको यो टेलिभिजनले वरिष्ठ समाचार सम्पादकदेखि प्रशासनतर्फका सहायकसम्ममा जनशक्ति माग गरेको हो ।

नेपाल टेलिभिजनले शुक्रबार एक सूचना प्रकाशित गर्दै ०७६ फागुन १ गतेसम्म दरखास्त दिने आह्वान गरेको छ ।

त्यस्तै जागिरका लागि आकर्षक मानिने नेपाल आयल निगम लिमिटेडले पनि शुक्रबारै स्थायी सेवाका लागि कर्मचारी आह्वान गरेको छ । निगमले तह ८ को प्रबन्धकदेखि बाउजर अपरेटरसम्मका ४८ पदमा कर्मचारी मागेको हो ।

उता, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारीले पनि स्थायी सेवाका लागि चिकित्सकको दरखास्त आह्वान गरेको छ । केन्द्रले रजिष्टार कार्डियाक सर्जरी, सर्जरी कार्डियोलोजी, वरिष्ठि स्टाफ नर्सलगायत पदमा दरखास्त आह्वान गरेको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया