काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा मङ्गलबार रेल्वे अध्यादेश, २०७८ जारी गर्नुभएको छ । नेपालमा रेल सञ्चालन र कर्मचारी नियुक्तिसम्बन्धी व्यवस्थासहितको अध्यादेश तेस्रो पटक जारी भएको हो । जनकपुर–जयनगर रेल सञ्चालनको टुङ्गो अझै नलागे पनि अध्यादेश जारी भएसँगै जनकपुर–जयनगर रेल सञ्चालनमा आउने कानुनी आधार तयार भएको हो ।
यसअघि सरकारले गत मङ्सिरमा पनि रेल्वे अध्यादेश जारी गरेको थियो तर सो अध्यादेश संसद्मै नपुगी निष्क्रिय भएको थियो । त्यसअघि सरकारले २०७८ वैशाखमा पनि रेल्वे अध्यादेश जारी गरेको थियो । त्यसबेला पनि संसद् अधिवेशन सुरु नभएको र जारी भएको ६० दिनभित्र संसद्मा पेस हुन नसकेका कारण अध्यादेश निष्क्रिय भएको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया