श्रावण १, २०८२ बिहिबार July 17, 2025

प्रधानमन्त्रीद्वारा दिगो पर्वतीय अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवाले दिगो पर्वतीय अन्तर्राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्नुभएको छ ।

वन तथा वातावरण मन्त्रालयद्वारा काठमाडौंको चन्द्रागिरिमा आयोजित सो दुई दिने सम्मेलनमा विश्वका १३ मुलुकका २०० जनाको सहभागिता छ । तीमध्ये सय जना भौतिक रुपमा र बाँकी सय जना भर्चुअल माध्यमबाट सहभागिता जनाउने बताइएको छ ।

सम्मेलनमा पर्वतीय वातावरणसँग सम्बन्धित पाँच वटा विधामा कार्यपत्र प्रस्तुति र छलफल हुनेछ । दिगो विकास, पर्वतीय अर्थतन्त्र, पर्वतीय जैविक विविधता तथा पारिस्थितिकीय प्रणाली, पर्वतीय संस्कृति, पर्वतीय महिला र पर्वत–समथर भूभागबीचको अन्तरसम्बन्धलगायतका विधामा विज्ञहरुले कार्यपत्र प्रस्तुत गरी क्षेत्रीय नीतिनिर्माणका लागि सुझाव प्रस्तुत गर्नेछन् ।

सम्मेलनको उद्घाटनका लागि प्रधानमन्त्री देउवा आज बिहान हेलिकप्टरबाट चन्द्रागिरिस्थित चन्द्रागिरि हिल्स रिसोर्टमा आउनुभएको थियो । उहाँलाई वनमन्त्री रामसहायप्रसाद यादव, चन्द्रागिरि हिल्स प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकाल र सम्मेलनका सहभागीहरुले स्वागत गर्नुभएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला फुटबलर साम्बाले अष्ट्रेलियाको ए लिग खेल्ने
२०८२ श्रावण १, बिहिबार
साफ महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी
२०८२ श्रावण १, बिहिबार
‘बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक’
२०८२ श्रावण १, बिहिबार
उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी
२०८२ श्रावण १, बिहिबार
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
२०८२ श्रावण १, बिहिबार
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार
अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै
२०८२ श्रावण १, बिहिबार