असार २३, २०८२ सोमबार July 7, 2025

कांग्रेसका अधिकांस केन्द्रीय सदस्य गठबन्धनसहित चुनावमा जाने पक्षमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडाैंः नेपाली कांग्रेसभित्र आगामी स्थानीय तहको चुनावमा गठबन्धनसहित जाने वा एक्लै लड्ने भन्ने बहस जारी छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा गठबन्धनसहित चुनाव लड्ने मनस्थितिमा छन् भने संस्थापन इतर समूहका नेता शेखर कोइराला एक्लै चुनाव लड्नुपर्ने अडानमा छन् ।

सरकार सञ्चालनमा सहयोग गर्न गठित उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजकसमेत रहेका पार्टीका अर्का नेता रामचन्द्र पौडेलले पनि चुनावसम्मै गठबन्धन कायमै रहने बताउँदै आएका छन् । सभापति देउवाले प्रमुख प्रतिपक्षी दल एमालेसँग सत्ता गठबन्धनका दलहरूले चुनावी तालमेल गर्ने डरले कांग्रेस गठबन्धनसहित चुनावमा जाने अभिव्यक्ति दिएको राजनीतिक वृत्तमा चर्चा भएको छ ।

विशेष गरी माओवादी केन्द्रले एमालेसँग चुनावी तालमेल गर्दा कांग्रेसलाई देशैभर क्षति हुने त्रास कांग्रेसमा देखिएको छ । सोही चुनावी अंकगणितको लेखाजोखा गरेर देउवाले चुनावी गठबन्धन आवश्यक ठानेका उनी निकट नेता बताउँछन् ।

नेता कोइरालाले भने कांग्रेस आफैंमा शक्तिशाली पार्टी भएकाले अन्य दलहरूको साथ आवश्यक ठानेका छैनन् । कोइरालाले चुनावमा माओवादी अध्यक्ष प्रचण्डलाई एमाले अध्यक्ष केपी ओलीसँग मिल्न दिने भए दिउँ भनेर देउवासँग प्रस्ताव पनि गरेका छन् ।

केन्द्रीय सदस्य ध्यानगोविन्द रन्जितले केन्द्रदेखि स्थानीय तहसम्म चुनावी तालमेल आवश्यक रहेको बताए । कांग्रेस पहिलो पार्टी बनेर देश हाँक्न पनि चुनावी गठबन्धन आवश्यक रहेको उनको भनाइ छ । यद्यपि पार्टीको चुनावी प्रचार अभियानमा खटिएका प्रतिनिधिको रिपोर्टको आधारमा निर्णय लिनु राम्रो हुने उनले न्युज कारखानासँग बताए । तर अहिलेको राजनीतिक माहोल हेर्दा गठबन्धनसहित चुनावमा जाँदा राम्रो हुने उनको भनाइ छ ।
‘प्रजातान्त्रिक पार्टीमा विचारहरू राख्न पाइन्छ ।

पार्टीकै एउटा समूहले एक्लै चुनाव लड्ने भन्दै आएको छ । सभापति देउवा, नेता पौडेल गठबन्धनसहित लड्ने भन्दै हुनुहुन्छ । पार्टीले औपचारिक निर्णय लिन बाँकी छ । तर मेरो व्यक्तिगत विचारमा गठबन्धनसहित चुनावमा लड्दा पार्टी र देशलाई फाइदा हुन्छ जस्तो लाग्छ,’ नेता रञ्जितले भने ।

अर्का केन्द्रीय सदस्य ध्रुव वाग्लेले पनि कांग्रेस अन्य कुनै दलसँग मिलेर जाँदा राम्रो हुने बताए । जारी पार्टीको केन्द्रीय समिति बैठकमा पनि यही विषयमा छलफल भएकाले छलफलको आधारमा औपचारिक निर्णय लिने बताए । गठबन्धनबारे पार्टीमा नेताहरूको व्यक्ति गत धारणा आएका छन्, तर पार्टीकै औपचारिक निर्णय बैठकपछि आउने उनको भनाइ छ ।

अर्की केन्द्रीय सदस्य सुजाता कोइराला पनि चुनावमा गठबन्धनसहित जानुपर्छ भन्ने पक्षमा छिन् । कुन दलसँग कसरी गठबन्धन गर्दा फाइदा हुन्छ त्यो पार्टीमा छलफल गरेर मात्रै निर्णय लिनुपर्ने उनको भनाइ छ । यसअघिको चुनावमा भएका कमजोरीलाई पनि सच्याउन उनले नेतृत्वलाई आग्रह गरिन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार