असार २८, २०८२ शनिबार July 12, 2025

‘शिक्षण संस्था बेरोजगार जनशक्ति उत्पादन गर्ने संस्था हुनुहुँदैन’- मन्त्री पौडेल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षण संस्था बेरोजगार उत्पादन गर्ने संस्था हुन नहुने बताउनुभएको छ ।

आइतबार प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटीईभिटी) को ३९ औँ व्यवस्थापन समीक्षा गोष्ठीलाई पोखरामा सम्बोधन गर्दै मन्त्री पौडेलले सैद्धान्तिक विषयमा विद्यार्थीहरूले रुचि कम देखाएको बताउँदै प्राविधिक विषयलाई जीवनोपयोगी बनाउने गरी नयाँ कार्यक्रम बनाउन निर्देशन दिनुभयो ।

सिटीइभिटीले नीतिगत सुधार र देशभरका शिक्षालयलाई नियमन गर्नुपर्नेमा मन्त्री पौडेलले जोड दिनुभयो ।

संस्थाले आन्तरिक सङ्गठन, कर्मचारी व्यवस्थापन र संरचनागत सुधारमा ध्यान दिनुपर्ने बताउँदै आगामी १० वर्षसम्म पनि व्यवहारिक हुने गरी पाठ्यक्रम निर्माण गर्न निर्देशन दिनुभयो । उहाँले जनघनत्वको मूल्याङ्कन गरी सिटीइभिटीको कार्यक्रम लैजानुपर्ने बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया