असार २३, २०८२ सोमबार July 7, 2025

कांग्रेसमा गठबन्धन बहसः गण्डकी र कर्णाली प्रदेश प्रमुख विपक्षमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली कांग्रेसभित्र गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा बहस जारी रहँदा गण्डकी र कर्णाली प्रदेशका पार्टी सभापतिसहित शीर्ष नेता स्पष्ट भएर विपक्षमा उभिने भएका छन् ।

नेकपा एमाले बलियो रहेको तर्क गर्दै सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनमा गठबन्धन गरे जानुपर्ने धारणाप्रति असहमति जनाउँदै गण्डकी र कर्णाली प्रदेशका प्रदेश सभापति विपक्षमा उभिने भएका हुन् ।

शेखर कोइराला समूहका अधिकांश नेता गठबन्धन गरेर गएमा कांग्रेसको पहिचान गुम्ने जनाउँदै विपक्षमा मत प्रकट गरिरहेको केन्द्रीय सदस्य प्रतिमा गौतमले जानकारी दिइन् ।

‘शेखर कोइराला समूहका अधिकांश नेता गठबन्धनको विपक्षमा रहनु भएको छ,’ गौतमले न्युज कारखानासँग भनिन, ‘गण्डकीका शुक्रराज शर्मा र कर्णाली प्रदेशका प्रमुख ललितजंग शाही पनि विपक्षमा देखिनु भएको छ ।’

कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, अर्जुननरसिंह केसी, बलबहादुर केसी, रमा कोइराला, प्रकाश स्नेही, टेकबहादुर गुरुङलगायतका नेताहरु बिपक्षमा मत प्रकट गरेको गौतमले जानकारी दिएकी छिन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार