असार २३, २०८२ सोमबार July 7, 2025

शेखर भन्छन्, ‘गठबन्धनको निर्णय भए विरोध गर्छु’, गगन भन्छन्, ‘निर्णय नै भए विरोधमा जान्न’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः स्थानीय तह निर्वाचनमा गठबन्धन गरेर जाने कि नजाने भन्ने विषयमा विवाद चलिरहँदा १४औँ महाधिवेशनमा सभापतिका प्रत्यासी शेखर कोइराला समूहभित्र दुई धार देखा परेको छ ।

सभापति शेरबहादुर देउवाले प्रतिपक्ष दल नेकपा एमाले बलियो भएकाले स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जानुपर्ने मतको विपक्षमा मत प्रकट गर्ने कोइराला समूहभित्र दुई धार देखा परेका हुन् ।

कोइरालाले गठबन्धनलाई ठाडै अस्वीकार गर्दै विपक्षमा उभिने जनाए पनि उनकै समूहबाट विजयी भएका महामन्त्री गगनकुमार थापाले भने पार्टीले निर्णयको विपक्षमा नउभिने मत प्रकट गरेका छन् ।

‘शेखर र गगन दुबै नेताले गठबन्धनको विपक्षमा धारणा राख्नु भएकाे छ, दुवैको मत कांग्रेस एक्लै चुनाव लडनुपर्छ भन्ने नै छ,’ केन्द्रीय सदस्य नैनसिंह महरले न्युज कारखानासँग भने, ‘शेखर दाइ गठबन्धन गर्ने निर्णय गरे आफू विपक्षमा उभिने प्रस्ट पार्नु भएको छ भने गगनजीले पार्टीले गठबन्धनमा जाने निर्णय गरेमा असहमतिका बाबजुद पनि पार्टी निर्णय मान्छु भन्नु भएको छ ।’

उनका अनुसार गठबन्धनको विपक्षमा भन्दा पनि अधिकांश सदस्य पक्षमा उभिएका छन् तर त्यसका लागि केन्द्रबाट स्थानीय आवश्यकताको आधारमा मात्रै गठबन्धन गर्नुपर्ने तर्क बैठकमा प्रस्तुत भएका छन् ।

गत शुक्रबारदेखि जारी केन्द्रीय समितिको बैठकमा नेताहरुले धारणा राख्ने क्रम सकिएको छ । आज अपरान्ह ३ बजे बस्ने बैठकमा संसदीय बोर्ड, स्थानीय तह चुनावी घोषणा पत्र लेखन समितिलाई पूर्णता दिने विषयमा कांग्रेसले औपचारिक निर्णय गर्ने जनाइएकाे छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार