असार २३, २०८२ सोमबार July 7, 2025

प्रधानमन्त्री देउवा सुकुम्बासीको फाइल खोज्न दिल्ली जाँदैछन् : एमाले अध्यक्ष ओली

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धन सरकारले अव्यवस्थित बसोबासी तथा सुकुम्बासी समस्या समाधान आयोग खारेज गरेर भूमिहीनलाई अलपत्र पारेको आरोप लगाएका छन् ।

आफ्नो नेतृत्वको सरकारले आयोग बनाएर पुर्जा वितरण गर्न ठिक्क पारेका बेला सरकारनै परिवर्तन भएको दावी गरे । आफूपछिको परमादेशका आधारमा बनेको गठबन्धन सरकारले आयोगनै खारेज गरेर भूमिहीनलाई बेघरबार बनाएको ओलीको भनाइ छ । उनले गठबन्धन सरकारले अनेक बहाना खोज्न अघिल्लो सरकारमाथि भूमिहीनको फाइल लुकाएको आरोप लगाएको पनि दावी गरे ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले शंकरनगर वन वाटिकामा निर्माण भएको बहुउद्देश्यीय भ्यु टावरको मंगलबार उद्घाटन गर्दै अध्यक्ष ओलीले यस्तो दावी गरेका हुन् । ‘आयोग खारेज गरेर पुर्जा वितरणको लागि मैले ठिक्क पारेको फाइल यो सरकारले लुकाएको छ,’ उनले भने । एमाले अध्यक्ष ओलीले लुकाइएको फाइल खोज्न प्रधानमन्त्री देउवा दिल्ली जान लागेको टिप्पणी पनि गरेका छन् ।

‘अहिले उहाँहरू अघिल्लो सरकारले फाइल लुकाएको भन्दै हिंड्नु भएको छ, अब प्रधानमन्त्री देउवा फाइल खोज्न दिल्ली जाँदै हुनुहुन्छ,’ उनले भने । अध्यक्ष ओलीले गएको चुनावपछि बनेको सरकारले आफ्नो साढे तीनवर्षे कार्यकालमा मानवीय चेतनाको विकासमा महत्वपूर्ण फड्को मारेको दावी पनि गरे । ‘चेतनामा आएको विकासले भौतिक विकास हुन्छ, हाम्रो नेतृत्वमा सरकार बन्दैनथ्यो भने विकास सम्भव थिएन,’ उनले भने । अघिल्लो सरकारले अन्तरिक्षमा आफ्नो स्पेस र समुन्द्रमा नेपालको अधिकारसमेत स्थापित गर्न सफल भएको बताए ।

उनले मुलुकको कृषि प्रणाली आयातमुखी बन्दै गएको भन्दै यो प्रवृत्ति हटाउन सबै लाग्नु पर्ने बताए । ‘सबै आयातित वस्तुको प्रयोग गर्ने बानी हटाउन सकेमात्रै मुलुकको अर्थतन्त्र बलियो हुन्छ, यसका लागि खाद्यान्नमा आत्मनिर्भर बन्न जरुरी छ,’ ओलीले भने ।

उनले सबै नेपालीले भान्सालाई परिवर्तन गर्नुपर्ने सुझाव दिए । ‘कृषिमा आत्मनिर्भर भन्दै भान्सामा विषादी भित्रिन नदिनेतर्फ सबै सचेत हुनुपर्छ,’ उनले भने । उनले कृषि, शिक्षा, स्वास्थ्य लगायतको क्षेत्रमा तिलोत्तमाले गरेको प्रगतिबाट प्रभावित भएको पनि बताए ।

कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरे, उपप्रमुख जगेश्वरदेवी चौधरी, प्रवक्ता सुरेन्द्र श्रीलगायतले नगरपालिकाले पाँच वर्षमा गरेको प्रगतिबारे जानकारी गराएका थिए ।

१५ चैत ०७४ मा शिलान्यास गरेको उक्त भ्यू टावर चार वर्षमा निर्माण सम्पन्न गरि मंगलबार उदघाटन गरिएको हो । शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वन वाटिका) मा १३४ फिट उचाइमा रहेको भ्यू टावर १० तलाको रहेको छ ।

तिलोत्तमा नगरपालिकाले यो भ्यु टावर, भ्यु टावर मात्र नभई बहुउद्देश्यीय भवनको रुपमा निर्माण गरिएको दावी गरेको छ । तिलोत्तमा नगरपालिका र शंकरनगर वन विहारको संयुक्त लगानीमा निर्माण गरिएको टावरमा पहिलोदेखि छैठौ तलासम्म व्यावसायिक प्रयोजनका लागि संरचना निर्माण गरिएका छन् । सातौं तलादेखि मात्रै दृश्यअवलोकनको लागि प्रयोग हुने नगरपालिकाले जनाएको छ । साढे ११ करोड रुपैयाँभन्दा बढी लागतमा निर्माण गरिएको भ्यु टावर निर्माणमा ७० प्रतिशत तिलोत्तमा नगरपालिकाले र ३० प्रतिशत शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रले व्यहोरेको छ ।

कुल २५ हजार एक सय २२ वर्ग फिट क्षेत्रफलमा निर्माण गरिएको भ्यु टावरमा सुविधायुक्त रेष्टुराँ र पर्यटक विश्रामस्थल, रिसर्च कक्ष, डिपार्टमेन्टल स्टोर, कार्यालय कक्ष, शौचालयसहित वातानुकूलित कोठा, पुस्तकालयलगायतका संरचना रहेको नगरप्रमुख घिमिरेले जानकारी दिए । भ्यु टावरबाट बुटवल, भैरहवा र लुम्बिनीसम्म आँखाले सजिलै देख्न सकिने छ भने दुरबिनको प्रयोगबाट भारतको गोरखपुर, नौतनवासम्मका सहरहरू देख्न सकिनेछ ।

कुल ११ करोड ५४ लाख ८१ हजार रुपैयाँको लागतमा निर्माण भएको भ्यु टावर प्राकृतिक निर्माण सेवाले चार वर्षमा पूरा गरेको हो । लिफ्ट सुविधासहित बनेको भ्यू टावरसँगै दुई बिगाहा क्षेत्रफलमा अन्य पर्यटकीय पूर्वाधार र संरचनाहरू समेत निर्माण भइरहेका छन् । शंकरनगर सामुदायिक वनभित्र २०६२ सालमा स्थापना गरिएको वन विहार तथा अनुसन्धान केन्द्र हाल पश्चिमाञ्चल क्षेत्रकै मुख्य अनुसन्धान केन्द्रका रुपमा विकास हुँदै गएकोले भ्यु टावरको निर्माणले उक्त केन्द्रको विकासमा समेत टेवा पुग्ने विश्वास गरिएको छ ।

शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रका उपाध्यक्ष खिमलाल पाण्डेले भ्यु टावर निर्माणपछि अहिलेको तुलनामा पर्यटकहरूको आकर्षण अझ बढ्ने बताए । पछिल्लो समय वन वाटिकामा धेरै पर्यटकीय पूर्वाधार निर्माण भएको भन्दै जिल्लाकै नमुना पर्यटकीय स्थल बनाउने योजना रहेको उनले बताए । सामुदायिक वनको पाँच सय ७६ हेक्टर वनमध्ये ५१ हेक्टर वन शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रका रुपमा छुट्याएर संरचना निर्माण भइरहेका छन् ।

भ्यु टावरको उत्तरतर्फ स्वीमिङ पुल र अगाडि म्युजिकल फाउन्टेन निर्माण भइरहेको छ । यस्तै बाल खेल मैदान र स्टेडियम निर्माण पनि सुरु भइसकेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार