असार २८, २०८२ शनिबार July 12, 2025

बीएससीको परीक्षा तालिका परिमार्जन (सूचनासहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः त्रिभुवन विश्वविद्यालयले बीएससी भर्ना २०७८ को लागि लिइने इन्ट्रान्स परीक्षाको तालिका परिमार्जन गरेको जनाएको छ । त्रिवि विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीन कार्यलयले एक सुचना जारी गर्दै परीक्षा तालिका सम्बन्धी अत्यन्तै जरुरी सूचना प्रकाशित गरेको हो ।

 

विश्वविद्यालयका आंगिक तथा सम्बन्धन प्राप्त कलेजहरुमा बार्षिक परीक्षा प्रणाली अनुसार पठनपाठन हुने विज्ञानतर्फ चार बर्षे स्नातक तहमा भर्ना हुन इच्छुक विद्यार्थीहरुका लागि २०७८ चैत्र १९ गते प्रवेश परीक्षा तोकिएको थियो ।

तर सोही परीक्षा हाललाइ स्थगित गरिएको हो । उक्त दिन समान स्तरका विभिन्न बिषयका प्रवेश परीक्षाहरुका मितिलाइ ध्यानमा राख्दै परीक्षा मिति परिमार्जन गरिएको जानकारी दिइएको छ । विश्वविद्यालयले परिमार्जन गरेको प्रवेश परीक्षा मिति २०७८ चैत्र २४ गते बिहीबार अपरान्ह १ बजेदेखि ३ बजे सम्म हुने जनाइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया