असार २४, २०८२ मंगलबार July 8, 2025

घरबाटै भन्सार जाँचपास गर्न सकिने माेबाइल एप कार्यन्वयनमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । मोबाइलबाटै भन्सार पास गर्न सकिने मोबाइल एप सार्वजनिक भएको छ । ६८ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा‍‍. युवराज खतिवडाले उक्त एप कार्यान्वयनको उद्घाटन गरेका छन ।
नेपाल कष्टम क्लेरेन्स नामक उक्त एपबाट घरमै बसेर व्यावसायीले भन्सार पास गर्न सकिने विभागका माहनिर्देशक सुमन दाहालले जानकारी दिएका छन ।
एन्ड्रयुईडको प्लेस्टोरमा उक्त एप उपलब्ध छ । भन्सार पासलाई मानवीय विवेकीय प्रणाली शून्य बनाइ विभाग पूर्ण अटोमेसनमा गएको महानिर्देशक दाहालको भनाइ थियोे ।

नेपाली भन्साार कुनै विकसित देशको भन्दा कम नभएको भन्दै दाहालले अब भन्सार हरेक नेपालीको गोजीमा पुगेको बताएका छन ।

यस्तै विभागले प्रत्यक्ष राजश्व संकलन ड्यासबोर्ड पनि कार्यनयनमा ल्याएको छ । ड्यास बोर्डबाट अब प्रत्येक्ष ठूला नाकाको राजश्व संकलनको जानकारी राजश्वको अनुमानि प्राप्त अधिकारीले हेर्न सकिने छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया